नेप्सेमा ३ अंकको गिरावट, ३ अर्ब ४५ करोडको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ३ अंकको गिरावट आएको छ । साताको पहिलो र दोस्रो दिन समान १७/१७ अंकले बढेको नेप्सेमा तेस्रो दिन ३ अंकको गिरावट आएको हो । यसदिन नेप्से सूचना ३.०३ अंकले घटेर २०६१.०६ विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यद्यपि, आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै ३ अर्ब ४५ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज होटल तथा पर्यटन, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक बाहेक ९ वटा उपसूचक ऋणात्मक भएका छन् ।

प्रतिक्रिया