देशभक्तिपूर्ण गीत ‘मेरो देश नहारोस्…’ सार्वजनिक

काठमाडौँ । देशभक्तिपूर्ण गीत ‘मेरो देश नहारोस्…’ सार्वजनिक भएको छ । स्वरुपराज आचार्यको स्वर रहेको गीतमा पुष्कर सुनुवारको संगीत रहेको छ । गीतका शब्द डीपी दाहाल परिश्रमीले कोरेका हुन् ।

गीतमा नेपालको कला संस्कृति र प्रकृतिलाई विशेष ग्राह्यता दिईएको यस गीतकी प्रश्तुतकर्ता रीता सिम्खडा दाहाल हुन् । डिलाईटेड म्युजिक ईष्डष्ट्रीज प्रा. लिले उत्पादन तथा बजार व्यवस्थापन गरेकाको गीतमा प्रकृति प्रेमी, नेपाली कला संस्कृति र आपसी भाइचाराका धारणा ब्यक्त गरिएको छ । 

गीतको भिडियो समेत बनेको छ । जसमा सम्पादन मोहन सुनुवार, छायाँकन केशव विश्वकर्मा, पुष्कर सुनुवारको रहेको छ । 

प्रतिक्रिया