विराटनगरमाथि काठमाडौँको जित

काठमाडौँ । नेपाल टी–ट्वान्टी लिगमा काठमाडौँ नाईट्सले विराटनगर सुपर किंग्सलाई पराजित गरेको  छ । विवादका कारण ढिला सुरु भएर ९ ओभरमा झारिएको खेलमा काठमाडौँले विराटनगरलाई ३४ रनले हराएको हो ।

काठमाडौँले दिएको ९३ रनको लक्ष्य पछ्याएको विराटनगरले ८ ओभर ५ बलमा अलआउट हुँदै मात्र ५८ रन बनायो । विराटनगरका लागि गौरान्शूं शर्माले २२ रन बनाए । त्यस्तै विवेक यादव १२ रन बनाउँदा नन्दन यादव ११ रनको योगदान गरे । काठमाडौँका लागि कमल सिंह ऐरीले ३ विकेट लिए । त्यस्तै सुनाम गौतम र अनिल खरेलले समान २/२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको काठमाडौँले ९ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनाएको थियो । काठमाडौँका लागि सन्दिप रजालीले अविजित ३२ रनको योगदान गरे । त्यस्तै कमलसिंह ऐरीले १४ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १४ रनको योगदान गरे । विराटनगरका लागि नन्दन यादवले ३ विकेट लिए । त्यस्तै हुसेन तलत र कियोन जोसेफले समान १/१ विकेट लिए ।

जितसँगै काठमाडौँ ७ खेलमा ४ जित ३ हारको नतिजा सहमति ८ अङ्क जोडेर तेस्रो स्थानमा छ । पराजित विराटनगर ७ खेलमा ४ अङ्क सहित तालिकाको पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया