ज्ञानेन्द्रले भने,‘हाम्रो टिमको एक जना खेलाडीलाई फिक्सिङको अफर आएको थियो’

काठमाडौँ । नेपाल टी–ट्वान्टी लिगको काठमाडौँ नाईट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक जना खेलाडीलाई म्याच फिक्सिङको अफर आएको खुलासा गरेका छन् । मंगलाबार विराटनगरविरुद्धको खेलपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफ्नो टिमको एक सदस्यलाई अफर आएको र आफूहरूले माथिल्लो तहमा कुरा पुर्‍याइसकेको बताए ।  

‘फिक्सिङ गर्नु र अप्रोच आउनुमा धेरै फरक छ । हामीले त्यसलाई लिने या नलिने भन्ने कुरा हो । हामीले त्यो कुरालाई बेवास्ता गर्‍यौँ,’ मल्लले भने । मल्ल नेतृत्वको काठमाडौँले आजको खेलमा विराटनगरलाई हराएको थियो । उक्त खेल सुरु हुनु पूर्व खेलाडीले पारिश्रमिक नपाएको भन्दै विरोध जनाएपछि खेल ढिला गरी सुरु भएको थियो । 

प्रतिक्रिया