कृषि फर्ममा आगलागी हुँदा नाबालकको मृत्यु

आगलागी भएको स्थान । तस्बिर : लाल काजी तामाङ

सिन्धुपाल्चोक, २१ पुस । बलेफी गाउँपालिका वडा नं. ४ स्थित एक कृषि फर्ममा आगलागी हुँदा नाबालकको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका -४ लप्से स्थित लप्से युवा जागरण कृषि पशु पंक्षी फर्ममा आगलागि हुँदा एक बालकको मृत्यु भएको हाे ।

मृत्यु हुनेमा वडा नं. ४ कै करंगैरा निवासी तीन वर्षिय निर्जल कार्की हुन् । आगलागि हुँदा फर्ममा काम गर्ने सोहि स्थानको बर्ष २५ की निर्जला कार्कीको छोरा बर्ष ३ को निर्जल काकीको ज्यान गएको हो ।

४ वर्षिय उनकै दिदीले बताए अनुसार आगो ताप्ने क्रममा लगाइरहेको लुगामा आगो सल्किँदा बालक अत्तालिएर पराल स्टोरको टहरो तर्फ घुसेको स्थानीय सत्यमान तामाङले बताए । उक्त फर्म ४ नं. वडाकै वडा अध्यक्ष सुर्जे तामाङले सञ्चालन गरेका हुन् ।

विहिबार विहान ९ बजे फार्ममा आगोलागी भएकोमा बालकको आगोमा परी घटनास्थलमै मृत्यु भएको हो । प्रहरी र स्थानियबासिको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया