संघीय राजधानी बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादीका शालिकराम

पुस २५, काठमाडौ, संघीय राजधानी रहेको बागमती प्रदेशको मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र) का बागमती संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । यसअघि प्रदेशका महत्वपूर्ण मन्त्रालय सम्हालेका जम्मकट्टेल सत्ता साझेदार दलहरुका बीचमा भएको सहमती अनुसार बागमती प्रदेशको नेतृत्वमा आएका हुन।

सात प्रदेश मध्ये संघीय राजधानी रहेको बागमतीको पहिलो कार्यकालको मुख्यमन्त्री शालिकरामले सम्हालेका छन् । दोस्रो कार्यकाल एमालेले सम्हाल्ने छ । पहिलो कार्यकालमा माओवादीलाई मुख्यमन्त्री, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सभामुख तथा उपसभामुखको जिम्मेवारी सम्हाल्ने छन् ।

प्रतिक्रिया