सत्तारुढ दलका साझा न्यूनतम कार्यक्रम प्रधानमन्त्रीलाई हस्तान्तरण

२५ पुस, काठमाडौँ । सत्तारुढ दलले सरकार संचालन गर्न गठन गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रले साझा न्यूनतम कार्यक्रम तयार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको छ ।
सोमबार सिंहदरबारमा आयोजित कार्यक्रममा संयन्त्रका संयोजक एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रम प्रधानमन्त्री प्रचण्डलाई बुझाएका हुन् ।
कार्यक्रममा नागरिकलाई सरकारका तर्फबाट दिइने सेवा सुविधा, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रका विकृतिहरु सुधार्ने, बिग्रेको आर्थिक अवस्था सुधार ल्याउने देखि सन्तुलित कूटनीतिक सम्बन्ध राख्ने लगायतका विषयहरु समेटिएका छन् । सत्तासाझेदार ७ दलले चुनावमा गरेका प्रतिबद्धताहरुलाई समेटेर बनाइएको न्यूनतम कार्यक्रमलाई अब सरकारले आफ्नो मूल नीति मानेर काम अघि बढाउने प्रधानमन्त्री प्रतिवद्धता व्यक्त गर्नु गरेका छन् । संयन्त्रका संयोजनक ओलीले सरकारले कार्यक्रमलाई नीतिगत निर्देशन मानेर काम गर्ने र यसका लागि दलहरुले सरकारलाई सहयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया