तीन दशक यताका राजनीतिक परिवर्तनको सम्पूर्ण पहलकदमी र नेतृत्व प्रचण्ड

इतिहासको एकएक थोपा रगतको मूल्य संझदै यो चुनौति पार गर्न तपाई सफल हुनुहुनेछ भन्ने पूर्ण आशा एवं बिश्वास ब्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।


पछिल्लो ३ दशक यता नेपालमा भएका राजनीतिक परिवर्तनको सम्पूर्ण पहलकदमी र नेतृत्व तपाईले गर्नुभएको छ । नेपालको भौगोलिक एकिकरण गर्दा राजा पृथ्वी नारायण शाहको तरबारले तोडिएका मनहरु तपाईकै अभियानले जोडिएको छ ।

आज हर नेपालीलाई संबैधानिक र मौलिक हकको दृष्टीले नेपाली हुँ भन्न जुन गौरव छ तपाईभन्दा अघि त्यो कहिल्यै थिएन । बिशेष गरी युवा वर्गले आर्थिक जिन्दगीमा परिवर्तनको आशा राखेको छ ।

सामाजिक शुरक्षाको क्षेत्रमा आम नेपाली जनताले शुरक्षा खोजेका छन् । यस परिप्रेक्षमा तपाईले नेपालको प्रतिनिधिसभाको इतिहासमा कहिल्यै नभएको राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्ने ऐतिहासिक र चुनौतिपूर्ण अवसर प्राप्त गर्नुभएको छ । इतिहासको एकएक थोपा रगतको मूल्य संझदै यो चुनौति पार गर्न तपाई सफल हुनुहुनेछ भन्ने पूर्ण आशा एवं बिश्वास ब्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।

प्रतिक्रिया