पोखरा विमान दुर्घटनामा ६८ जना यात्रुको निधन भएको पुष्टि

यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुने संख्या ६८ पुगेको छ।

१ माघ, काठमाडौ । काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार विहान पोखरामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । नागरिक उड्डयन प्राधिकरणले मृत्यु हुनेको संख्याबारे विज्ञप्ती निकालेर जानकारी दिएको हो ।
कुल ६८ यात्रु र चालक दलका चार सदस्य सहित ७२ जना बोकेर उडेको जहाज अवतरण हुनै लाग्दा दुर्घटनामा परेको थियो ।
दुर्घटना लगत्तै बसेको मन्त्री परिषद बैठकले पाँच सदस्यीय छानविन समिति गठन गरेको छ भने शोक मनाउन सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया