विमान दुर्घटनामा पत्रकार पौडेलको निधन

यति एयरलाइन्सको विमान दुर्घटनामा परी युवा पत्रकार त्रिभुवन पौडेलको निधन भएको छ ।

१ माघ, काठमाडौं । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी युवा पत्रकार त्रिभुवन पौडेलको निधन भएको छ ।
दिवंगत पौडेल प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य थिए । तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस संयोजक रहेका पौडेल आइतबार गृहनगर फर्कने क्रममा विमान दुर्घटनामा परेका हुन् ।
चार वर्षअघि विवाहित पौडेलका श्रीमती र एक छोरा छन् । पोखरा हटलाइन दैनिकका सम्पादक रहेका उनी पर्वत कुस्मामा जन्मेका उनी हाल पोखरा महानगरपालिका वडा नम्बर ११, फूलबारीमा बस्दै आएका थिए ।

प्रतिक्रिया