मन्त्री परिषद विस्तारबारे प्रधानमन्त्री प्रचण्ड र ओली बीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्री परिषद विस्तारबारे छलफल भएको छ ।

१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्री परिषद विस्तारबारे छलफल भएको छ ।

आइतबार साँझ प्रधानमन्त्री प्रचण्ड र ओली बीच बालुवाटारमा छलफल भएको हो । प्रधानमन्त्रीले संसदबाट असाधारण विश्वासको मत पाए लगत्तै मन्त्री परिषद विस्तार गर्ने तयारी गरिएको थियो । तर दलहरु बीच मन्त्रालय बाँडफाँटमा अझै गृहकार्य बाँकि रहेका कारण मन्त्री परिषद विस्तारमा ढिलाई भएको हो । बाँकि विषय टुंगोमा पुर्याएर आज मन्त्री परिषद विस्तार गर्न लागिएकोमा पोखरा विमान दुर्घटनाका कारण अझै केही ढिलाई हुने प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।

मन्त्री नियुक्त भएकाहरुले जिम्मेवारी नपाउने र नयाँ मन्त्री समेत नआउँदा मन्त्रालयका काम प्रभावकारी बन्न सकेका छैनन् ।

प्रतिक्रिया