सभामुखमा एमालेका देबराज घिमिरेको उम्मेदवारी

सभामुख चयनका लागि प्रतिनिधि सभामा विहिबार निर्वाचन हुँदै छ ।

काठमाडौं, ४ माघ । प्रतिनिधि सभाको सभामुख पदमा झापा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित देवराज घिमिरेले उम्मेदवारी दिएका छन् ।
उनले बुधबार दिउँसो संघीय संसद भवन नयाँ बानेश्वर पुगेर उम्मेदवारी दिएका हुन् । उनको प्रस्तावकमा सुवासचन्द्र नेम्बाङ रहेका छन् भने माओवादीका हितराज पाण्डे, स्वतन्त्रका रवि लामिछाने र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन समर्थक रहेका छन् ।
सभामुख चयनका लागि प्रतिनिधि सभामा विहिबार (५ माघ मा ) निर्वाचन हुँदै छ ।

प्रतिक्रिया