संघीय संसदको सभामुखमा घिमिरे र उपसभामुखमा राना

संघीय संसद, प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरे र उपसभामुखमा इन्दिरा राना निर्वाचित भएका छन् ।

६ माघ, काठमाडौं । संघीय संसद, प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरे र उपसभामुखमा इन्दिरा राना निर्वाचित भएका छन् ।
माघ ५ गते भएको सभामुखको निर्वाचनमा २६८ जना सांसद उपस्थित भएकामा घिमिरेको पक्षमा १६७ मत, विपक्षमा १०० मत, मत दिन्नँमा १ मत परेको थियो ।
माघ ७ गते भएको उपसभामुख पदको निर्वाचनमा जम्मा २६४ मत खसेकोमा रानालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत खसको थियो भने हुन्न भन्नेमा ९७ मत र मत दिन्नँ भन्नेमा १ मत परेको थियो ।

प्रतिक्रिया