प्रधानमन्त्रीद्वारा रत्न राज्यको भवन विद्यालयलाई हस्तारन्तरण

रत्न राज्य माध्यमिक विद्यालय, जुगल ५ सिन्धुपाल्चोकको चीन सरकारको सहयोगमा निर्मित बहुसुविधा सम्पन्न भवन विद्यालयलाई हस्तारन्तरण गरिएको छ ।

२० माघ, सिन्धुपाल्चोक । रत्न राज्य माध्यमिक विद्यालय, जुगल ५ सिन्धुपाल्चोकको चीन सरकारको सहयोगमा निर्मित बहुसुविधा सम्पन्न भवन विद्यालयलाई हस्तारन्तरण गरिएको छ ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भवन विद्यालयलाई हस्तान्तरण गरेका हुन् । त्यस अघि नेपालका लागि चिनियाँ राजदूत चेन सङ्गले भवनको साँचो प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका थिए । त्यस लगत्तै प्रधानमन्त्रीले साँचो विद्यालय परिवारलाई हस्तान्तरण गरेका हुन् ।

भूकम्पले पूर्ण रुपमा क्षतिग्रस्त भवनको निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाको पहलमा चीन सरकाले निर्माण गरिदिएको हो । सिन्धुपाल्चोक मात्रै नभएर देशकै नमुना विद्यालयका रुपमा रहेको रत्न राज्य माध्यमिक विद्यालयका तीनवटा सुविधा सम्पन्न भवनमा कक्षा कोठा, होस्टल, कार्यालय, हल, पुस्तकालय, ल्याबलगायत गरी १ सय ५० भन्दा बढी कोठा रहेका छन् ।

झण्डै १ अर्ब रुपैंयाको लागतमा निर्मित भवन कोरोनका कारण निर्माण सम्पन्न भएको केही बर्ष पछि हस्तारन्तरण भएको हो । भवनको उपयोग भने हुँदै आएको थियो ।

प्रतिक्रिया