विजेता खेलाडिबीच क्षेत्रीय प्रतियोगिता आयोजना गर्ने सांसद सापकोटाको प्रतिवद्धता

जिल्लाको क्षेत्र नं १ का सांसद माधव सापकोटा सुबोधले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजयी खेलाडीहरुबीच क्षेत्रीय प्रतियोगताका लागि प्रतिवद्धता जनाएका छन्

२४ माघ, सिन्धुपाल्चोक । जिल्लाको क्षेत्र नं १ का सांसद माधव सापकोटा सुबोधले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजयी खेलाडीहरुबीच क्षेत्रीय प्रतियोगताका लागि प्रतिवद्धता जनाएका छन्
मंगलबार बलेफी गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै सांसद सापकोटाले उक्त प्रतिवद्धता जनाएका हुन् । उनले निर्वाचन क्षेत्र नं १ अन्तरगत गर्ने आठवटा पालिका भित्रबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजेता बनेकाहरुबीच प्रतिस्पर्धा गर्ने गरी कार्यक्रम गर्न आफूले पहल गर्ने बताए ।
बलेफीमा मंगलबार खाडीचौरस्थित बाल शिक्षा माध्यमिक विद्यालयमा सम्पन्न विविध विधाकाका विजेताहरुलाई प्रमुख अतिथि सांसद साकोटा, प्रदेश सभा सदस्य अमृता नेपाल, बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ लगायतले पदक तथा मेडल वितरण गरेका थिए । प्रतियोगितामा धेरै स्वर्णपदक विजेता बाल शिक्षा मावि बनेको छ भने छात्र र छात्रा भलिवलको उपाधि फुल्पिङकोट माविले हात पारेको छ । प्रतियोगितामा बलेफी गाउँपालिका भित्रका विद्यालयले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया