आठ वर्षपछि यू–१९ क्रिकेट टिम विश्वकपमा,प्रधानमन्त्रीको प्रशंसा, क्यानले १ लाख दिने

यूएईमाथि ७ रनको जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ ।

१८ फागुन, काठमाडौं, यूएईमाथि ७ रनको जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ ।
नेपालको १९ बर्ष मुनिको क्रिकेट टोलिले आठ बर्ष पछि फेरि खुसी फर्काएको हो । आज भएको खेलमा १९२ रजको लक्ष्य पछ्याएको यूएईले ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रन मात्रै बनाएपछि नेपाली युवाले जित हात पारे । जुनियर टिमले जित निकाल्दा सिनियर टिम भने यूएईसँग पराजित भएको छ ।

यसैविच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएकोमा नेपाली टिमलाई हार्दिक बधाइ ज्ञापन गर्दै देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीहरूले पुर्‍याउएको योगदानको उच्च प्रशंसा गरेका छन् । क्यानले खेलाडीहरुलाई जनहि १ लाख दिने घोषणा गरेको छ ।

प्रतिक्रिया