किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ९ रुपैँयाले बढ्यो

किसानले पाउने दूधको मूल्य लिटरमा ९ रुपैंयाले बढेको छ

२० फागुन, काठमाडौं, किसानले पाउने दूधको मूल्य लिटरमा ९ रुपैंयाले बढेको छ । शक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यो निर्णयसँगै अब किसानले प्रतिलिटर दूधको ६५ रुपैंया प्राप्त गर्ने छन् । यस अघि प्रतिलिटर दूधको ५६ रुपैंया रहेको थियो । यसका आधारमा उपभोक्ताले किन्ने दूधको मूल्य निर्धारण हुने छ ।

प्रतिक्रिया