माओवादी धारका दलहरुले एक स्वरमा भने ‘शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरुको प्रतिवाद गर्न एकमत छौं’

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि संयुक्त विज्ञप्ती जारी गर्दै दलहरुले शान्ति प्रक्रियासँग जोडिएका विषयहरु विस्तृत शान्ति सम्झौताको भावना र मर्म अनुरुप व्यवस्थापन गरिनुपर्दछ भन्ने कुरामा दृढता व्यक्त गरेका हुन् ।

२३ फागुन, काठमाडौं । माओवादी धाराका राजनीतिक दलहरूले संक्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि संयुक्त विज्ञप्ती जारी गर्दै दलहरुले शान्ति प्रक्रियासँग जोडिएका विषयहरु विस्तृत शान्ति सम्झौताको भावना र मर्म अनुरुप व्यवस्थापन गरिनुपर्दछ भन्ने कुरामा दृढता व्यक्त गरेका हुन् ।

दलहरुले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरुको प्रतिवाद गर्न एकमत भएको बताएका छन् ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सी.पी. गजुरेल, का प्रवक्ता, नेकपा सिका खड्कबहादुर विश्वकर्मा प्रकाण्ड, नेकपा (बहुमत) का संयोजक धमेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव, विश्वभक्त दुलाल (आहुति), नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी र माओवादी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य नारायणप्रसाद धिमालको सहभागीता रहेको थियो ।

…..
पढ्नुहोस् विज्ञप्ती

प्रेस विज्ञप्ति
२३ फागुन, २०७९

संक्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । शान्ति प्रक्रियासँग जोडिएका विषयहरु विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गरिनुपर्दछ भन्ने कुरामा हामी दृढ छौँ । संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् अगाडि बढाइनुपर्दछ । संक्रमणकालीन न्यायको प्रक्रिया विपरितका काम कार्वाहीहरुले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पु¥याउँदैन भन्ने कुरामा समेत हामी स्पष्ट छौँ । शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न हामी सरकारसँग जोडदार माग गर्दछौँ । शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरुको प्रतिवाद गर्न हामी एकमत छौँ । साथै विभिन्न समयमा राज्यसँग भएका सहमति र सम्झौताहरुको कार्यान्वयन हुनुपर्दछ भन्ने कुरामा समेत प्रतिवद्ध छौँ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष, नेकपा ९माओवादी केन्द्र०, तथा प्रधानमन्त्री, नेपाल सरकार
डा. बाबुराम भट्टराई, अध्यक्ष, नेपाल समाजवादी पार्टी
सी.पी. गजुरेल, स्थायी समिति सदस्य, नेकपा (क्रान्तिकारी माओवादी)
खड्कबहादुर विश्वकर्मा प्रकाण्ड सी, प्रवक्ता, नेकपा
धमेन्द्र बास्तोला, संयोजक, नेकपा (बहुमत)
विश्वभक्त दुलाल (आहुति), महासचिव, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी
कर्णजित बुढाथोकी, अध्यक्ष, नेकपा (माओवादी समाजवादी)
नारायणप्रसाद धिमाल, केन्द्रीय सदस्य, माओवादी कम्युनिस्ट पार्टी, नेपाल

प्रतिक्रिया