देशको तेस्रो राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै, आजै नजिता

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै छ । नेपाली कांग्रेसका बरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष एवं पूर्व सभामुख सुवास नेम्वाङ्बीच प्रतिस्पर्धा हुँदै छ ।

२५ फागुन, काठमाडौं । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै छ । नेपाली कांग्रेसका बरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष एवं पूर्व सभामुख सुवास नेम्वाङ्बीच प्रतिस्पर्धा हुँदै छ ।
यही फागुन १३ गते उम्मेदवारी दर्ता गरेका दुबैले यसबीचमा आआफ्नो पक्षमा मत मागेका थिए । पौडेललाई सत्ताधारी गठबन्धनमा रहेका ९ दलको समर्थन छ । एमालेका नेम्वाङ्लाई अन्य दलको समर्थन छैन । बुधबार भएको बैठकबाट राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) ले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेपछि एमाले एक्लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) र स्वतन्त्र दलले मतबारे अझै धारणा सार्वजनिक गरेका छैनन् ।
काठमाडौंको संसद भवन नयाँबानेश्वरमा विहान १० बजे सुरु भई दिउँसो ३ बजे सम्म हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यले मतदान गर्ने छन् । दुबै सभाका सदस्यहरुलाई अलग-अलग मतदान केन्द्र बनाइएको छ ।
मतदान सकिएपछि आजै साँझ सम्म नजिता सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । तत्काल रहेको मतको बहुमत ल्याउने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने छन् ।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको राष्ट्रिय सहमतीका आधारमा राष्ट्रपति निर्वाचनको प्रस्ताव अस्वीकार गर्दै एमालेले आफ्नै उम्मेदवार अघि सारेपछि यो निर्वाचनले राजनीतिक समिकरण नै बदलिएको छ ।

प्रतिक्रिया