आसिफ शेखको उत्कृष्ट ब्याटिङमा पि एन जिलाई २९८ रनको विशाल लक्ष्य

विश्वकप लिग २ अन्तरगतको आजको खेलमा नेपालले पपुवा न्यूगिनीलाई २ सय ९८ रनको विशाल लक्ष्य दिएको छ ।

२५ फागुन, काठमाडौं । विश्वकप लिग २ अन्तरगतको आजको खेलमा नेपालले पपुवा न्यूगिनीलाई २ सय ९८ रनको विशाल लक्ष्य दिएको छ ।
पि एन जीले टस जितेर फिल्ड रोजपछि पहिलो ब्याटिङ गरेको नेपालका लागि आसिफले शेखले १ सय १० बल खेल्दै १ सय १० रन जोडे । ओपनर आसिफलले १२ चौका र २ छक्का प्रहार गर्दै करिएरको पहिलो सतक निकालेका हुन् । कुसल भुर्तेलले ४५,भीम सार्कीले ४४ रन र रोहित पौडेलले ३० रन जोडे । पि एन जीका सेमो कामेले ५ विकेट लिए ।

प्रतिक्रिया