नेपालसँग ५२ रनले हार्यो पपुवा न्यूगिनी

विश्वकप लिग डिभिजन २ अन्तरगत आज भएको खेलमा नेपालले पपुवा न्यूगिनीलाई ५२ रनले हराएको छ ।

२५ फागुन, काठमाडौं । विश्वकप लिग डिभिजन २ अन्तरगत आज भएको खेलमा नेपालले पपुवा न्यूगिनीलाई ५२ रनले हराएको छ ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याट गरेको नेपालले ओडिआईमा हालसम्मकै उच्चस्कोर २९७ बनाउन सफल भयो । पि एन जीले टस जितेर फिल्ड रोजपछि पहिलो ब्याटिङ गरेको नेपालका लागि आसिफले शेखले १ सय १० बल खेल्दै १ सय १० रन जोडे । ओपनर आसिफलले १२ चौका र २ छक्का प्रहार गर्दै करिएरको पहिलो सतक निकालेका हुन् । कुसल भुर्तेलले ४५,भीम सार्कीले ४४ रन र रोहित पौडेलले ३० रन जोडे । पि एन जीका सेमो कामेले ५ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको पपुवा न्यूगिनीले ४७.१ ओभरमा सबै विकेट गुमाउँदा २४५ रन मात्रै बनाउन सक्यो । नेपालका सन्दिप लामिछानेले ४ सर्वाधिक ४ विकेट लिए ।
आसिफले शेख आजको खेलमा म्यान अफ द म्याच घोषित भएका छन् ।

प्रतिक्रिया