प्रचण्ड नेतृत्वको गठबन्धनले रामचन्द्र पौडेललाई बनायो देशको तेस्रो राष्ट्रपति

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्ता गठबन्धन आवद्ध मतदाताहरुले नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई देशको तेस्रो राष्ट्रपति निर्वाचित गरेका छन् ।

२५ फागुन, काठमाडौं । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्ता गठबन्धन आवद्ध मतदाताहरुले नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई देशको तेस्रो राष्ट्रपति निर्वाचित गरेका छन् ।
आज भएको निर्वाचनमा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई हराउँदै पौडेल राष्ट्रपति निर्वाचित भएका हुन् । उनले २ सय १४ संघीय सांसद र ३ सय ५२ प्रदेश सांसदको गरी ३३ हजार ८०२ मतभार पाएका छन् । प्रतिस्पर्धी नेम्वाङले ९६ संघीय सांसद र १ सय ६२ प्रदेश सांसदको १५ हजार ५ सय १८ मतभार पाएका छन् ।

पौडेललाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीसहित १० दलको समर्थन थियो। निर्वाचन आयोगका अनुसार कूल ८ सय ८२ मतदातामध्ये ८ सय ३१ मतदाताले निर्वाचनमा भाग लिएका छन्। ३ सय ३२ संघीय संसदका सदस्यहरुमध्ये ३ सय १३ जना र ५ सय ५० प्रदेश सभा सदस्यहरुमध्ये ५ सय १८ जनाले मतदान गरेका हुन्। राष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभाका सांसदहरु मतदाता हुन्।

प्रतिक्रिया