राष्ट्रपति पौडेलले लिए पद तथा गोपनीयताको सपथ

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

२९ फागुन, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले नेपालको संविधानको धारा ७१ बमोजिम कायम मुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्की समक्ष राष्ट्रपति भवनमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । उनले आजैदेखि राष्ट्रपति पदको कार्यभार सम्हालेका छन् ।
आजै सोही समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले विदाई उपहार प्रदान गरेका थिए ।

प्रतिक्रिया