रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित

देशको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन् ।

चैत ३, काठमाडौं । देशको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित सङ्घीय संसमा भएको निर्वाचनमा उनी विजयी भएका हुन् ।
उनले सङ्घतर्फ १८४ र प्रदेशतर्फ ३२९ मत प्राप्त गरे । उनी सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका थिए । यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्यले सङ्घमा १०४ र प्रदेशमा १६९ मत प्राप्त गरिन । जनमत पार्टीकी ममता झाले सङ्घमा २३ र प्रदेशतर्फ १५ मत प्राप्त गरिन् । यादवले कुल मतभार ३० हजार ३२८, शाक्यको १६ हजार ३२८ र दुई हजार ५३७ प्राप्त गरेका हुन् ।

प्रतिक्रिया