सरकारद्वारा ८,३७१ जनयुद्धका सहिदको सूचि राजपत्रमा प्रकाशित, सिन्धुपाल्चोकबाट १८५ सहिद

प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले जनयुद्धका सहिदको अद्यावधिक सूचि राजपत्रमा प्रकाशित गरेको छ ।

४ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जनयुद्धका सहिदको अद्यावधिक सूचि राजपत्रमा प्रकाशित गरेको छ ।

जसमा ८ हजार ३ सय ७१ जनाको नाम समावेश छ । लामो समयदेखि अड्किएको कामलाई सरकारले शुक्रबार राजपत्रमा प्रकाशित गरेको हो । मन्त्रि परिषदको फागुन १५ गतेको निर्णय अनुसार प्रकाशित सूचिमा सिन्धुपाल्चोकका १ सय ८५ सहिदको नाम समावेश छ ।
हेर्नुहोस् सिन्धुपाल्चोकको सूचि :

प्रतिक्रिया