जलविरे भ्यालि क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल विजयी

ब्रम्हायणी करिडोरस्थित जलविरे भ्यालि क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल नै विजयी भएको छ ।

५ चैत, सिन्धुपाल्चोक । ब्रम्हायणी करिडोरस्थित जलविरे भ्यालि क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल नै विजयी भएको छ ।
आज भएको निर्वाचनमा अखिल क्रान्तिकारीबाट सभापतिका उम्मेदवार अच्यूत अधिकारी नेतृत्वको प्यानल नै विजयी भएको हो । अखिल क्रान्तिकारीबाट सचिवमा विक्रम भट्टराई, कोषाध्यक्षमा दिपा सापकोटा, सदस्यमा रिता बि.क., कृष्ण कुमारी गोतामे र अस्मिता श्रेष्ठ बिजयी भएका छन् ।

समानुपातिकबाट सम्झना नेपाल, सावित्री खड्का, प्रमिला श्रेष्ठ, अशोक ढुंगाना र रेवती पौडेल विजयी भएका छन् । अखिल क्रान्तिकारीको प्यानलले ७९ मत ल्याएर जित निकालेको हो । नेविसंघका उम्मेदवारले ४९ र अनेरास्ववियुका उम्मेदवारले ४६ मत ल्याएका छन् ।

प्रतिक्रिया