जुगल क्याम्पस साँगाचोकमा अखिल क्रान्तिकारी प्यानलको जित

चौतारा साँगाचोकगढी नगरपालिकाको साँगाचोकस्थित जुगल बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल नै विजयी भएको छ ।

५ चैत, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाको साँगाचोकस्थित जुगल बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल नै विजयी भएको छ ।

आज सम्पन्न निर्वाचनमा सुदर्शन अर्याल नेतृत्वको प्यानल विजयी भएको हो । प्यानलको सचिवमा मन्जु नेपाल, कोषाध्यक्षमा मनिला लामा, सदस्यमा सुस्मिता तामाड, अनिस गिरी र कुसुम तामाड बिजयी भएका छन् । अखिल क्रान्तिकारीले ८८ मत ल्याउँदा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलले ६६ मत मात्रै पाएको छ ।

समानुपातिकतर्फ जमुना श्रेष्ठ, दिपा राना, मनिका भुजेल, विष्णुमायाँ राना र सर्मीला गिरी निर्वाचित भएका हुन् ।

प्रतिक्रिया