शान्ति, संविधान र लोकतन्त्रका लागि वर्तमान गठबन्धन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आफूले पदका लागि नभएर शान्ति, संविधान र लोकतन्त्रका लागि वर्तमान गठबन्धन निर्माण गरेको बताएका छन् ।

चैत ६, काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आफूले पदका लागि नभएर शान्ति, संविधान र लोकतन्त्रका लागि वर्तमान गठबन्धन निर्माण गरेको बताएका छन् ।
सोमबार विश्वासको मत माग्ने क्रममा सदनमा जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले संसद विघटनको विषय आएपछि आफूलाई पुरानो गठबन्धनमा चिसो पसेको जानकारी दिंदै शान्ति प्रक्रिया, संविधान र लोकतन्त्रका लागि यो गठबन्धन निर्माण गरेको बताएका हुन् ।
‘मलाई प्रधानमन्त्री मात्रै चाहिएको होइन, मलाई शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने विषय, संविधान, गणतन्त्र हो, महत्वपूर्ण हो, एमालेसँग नमिलेको राजनीतिक मुद्धा हो, विचार हो’ प्रचण्डले भने । उनले शान्ति, संविधान, लोकतन्त्र र गणतन्त्रका लागि अहिलेका गठबन्धनसँग लभ परेको सुनाए । उनले एमाले अध्यक्ष केपी ओलीले बैशाख भन्दा पर प्रचण्ड प्रधानमन्त्री बन्न नसक्ने सुनाएको प्रसंग कोट्याँउदै सो कुरा बारे सत्ता गठबन्धनले ख्याल गर्नु पर्ने बताए ।
गत पुस १० गते एमालेको समर्थमा प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपति चुनावमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेपछि एमाले लगायत केही साना दलले समर्थन फिर्ता लिएका थिए । त्यसपछि संविधान अनुसार प्रधानमन्त्रील आज विश्वासको लिन लागेका हुन् ।

प्रतिक्रिया