प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक पाए विश्वासको मत

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले दोस्रो पटक सदनबाट विश्वासको मत पाएका छन् ।

६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक सदनबाट विश्वासको मत पाएका छन् ।

सोमबार उपस्थित २६२ सांसदमध्ये विश्वासको मतको पक्षमा १७२ मत र विपक्षमा ८९ मत परेको हो ।

सोमबार संसदमा विश्वासको मतका लागि प्रस्ताव राखेका प्रधानमन्त्रीको पक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी लगायतले मतदान गरेका थिए ।
यस अघि उनले गत पुस २६ गते विश्वासको मत लिएका थिए । सो दिन उनले संसदको ९९ दशमलब २५ प्रतिशत मत पाएका थिए ।
यसपटक उनलाई एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत केही साना दलले मत दिएनन् ।

प्रतिक्रिया