बलेफी कप फुटबलको उपाधिका लागि बलेफी र पाँचपोखरी थाङ्पाल भिड्ने

चौथो बलेफी कप फुटबल प्रतियोगिताको उपाधिका लागि बलेफी र पाँचपोखरी थाङ्पाल गाउँपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ ।

९ चैत, सिन्धुपाल्चोक । जिल्लामा जारी चौथो बलेफी कप फुटबल प्रतियोगिताको उपाधिका लागि बलेफी र पाँचपोखरी थाङ्पाल गाउँपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ ।
चैत ४ गते देखि बसन्तपुर खेल मैदान सुनकोसी ७ मा जारी खेल अन्तरगत आज भएको पहिलो सेमि फाइनल खेलमा बलेफी गाउँपालिकाले भोटेकोसी गाउँपालिकालाइ ८ १ को फराकिलो गोल अन्तरले हरायो । विहिबारको जितसँगै बलेफीले सनिबार हुने फाइनलका लागि स्थान सुरक्षित गरेको छ । प्रतियोगितामा बलेफीका अजय लामा आजको खेलमा म्यान अफ दि म्याच घोषित भएका छन। उनलाई बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङ प्रवेशले ट्रफि प्रदान गरे ।
जिल्ला फुटबल संघ सिन्धुपाल्चोकसँगको सहकार्यमा जारी खेलको दोस्रो सेमी फाइनलमा पाँचपोखरी थाङ्पालले सुनकोसी गाउँपालिकलाई हराउँदै फाइनल यात्रा तय गरेको हो । पाँचपोखरी थाङ्पालले सुनकोसीलाई १ अन्तरले पराजित गरेको हो । प्रतियोगिताको बिजेता टोलिले रु १ लाख पुरस्कार पाउने छ । यो खेलमा जिल्लाका १२ वटै पालिकाबाट एक एक टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया