बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले दोश्रो पटक पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दोश्रो पटक विश्वासको मत पाएका छन् ।

१० चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दोश्रो पटक विश्वासको मत पाएका छन् ।
गत माघ ३ गते विश्वासको मत पाएका उनले राप्रपका सरकारबाट बाहिरिएका कारण फेरि विश्वासको मत लिएका हुन् । संघीय सरकारबाट बाहिरिएपछि राप्रपा बागमती प्रदेश सरकारबाट पनि बाहिरिएको थियो । गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले आज प्रदेशसभा उपस्थित ९१ मध्ये ६७ मत प्राप्त गरे ।

प्रतिक्रिया