चौथो बलेफी कप फुटबलको उपाधि आयोजक बलेफीलाई

चौथो बलेफी कप फुटबलको उपाधि आयोजक बलेफी गाउँपालिकाले हात पारेको छ ।

११ चैत, सिन्धुपाल्चोक । चौथो बलेफी कप फुटबलको उपाधि आयोजक बलेफी गाउँपालिकाले हात पारेको छ ।
सुनकोसी गाउँपालिकास्थित बसन्तपुर खेल मैदानमा भएको फाइनल खेलमा पाँचपोखरी थाङ्पाल गाउँपालिकालाइ ६ -५ गोल अन्तरले हराएर बलेफी गाउँपालिकाले उपाधि हात पारेको हो ।

खेलपछि आयोजित समापन समारोहमा प्रमुख अतिथि बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ ‘प्रवेश’ले विजेता तथा उपविजेता खेलाडीहरुलाई बधाई एवं सम्मान प्रदान गरे । त्यसैगरी बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटाले पनि विजेताहरुलाई मेडल प्रदान गरे । प्रतियोगिताको विजेता टोलिले नगर १ लाख र उपविजेताले ५० हजार प्राप्त गरेका छन् । चैत ४ गते देखि बसन्तपुर खेल मैदान सुनकोसी -७ मा भएको खेलमा जिल्लाका सबै १२ वटै पालिकाले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया