आफैं वास्तविक द्वन्द पीडित भएको यथार्थसहित सांसद सापकोटाले सदनमा भने ‘संक्रमणकालिन न्यायका विषयमा नेपालबाट सन्देश सकिन्छ’

सिन्धुपाल्चोक -१ बाट निर्वाचित सांसद माधव सापकोटा 'सुबोध'ले शान्ति प्रक्रिया र संविधान निर्माणमा जस्तै संक्रमणकालिन न्यायका सन्दर्भमा पनि नेपालबाट विश्वभर सकारात्मक सन्देश दिन सकिने बताएका छन् ।

१२ चैत, काठमाडौं । सिन्धुपाल्चोक -१ बाट निर्वाचित सांसद माधव सापकोटा ‘सुबोध’ले शान्ति प्रक्रिया र संविधान निर्माणमा जस्तै संक्रमणकालिन न्यायका सन्दर्भमा पनि नेपालबाट विश्वभर सकारात्मक सन्देश दिन सकिने बताएका छन्
आइतबार संसदमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसद सापकोटाले त्यसका लागि सबै दल एकजुट हुनु पर्ने बताए । आफू वास्तविका द्वन्द पीडित भएको यथार्थसहित माओवादीका युवा नेता सापकोटाले संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा अगाडि बढ्नुपर्ने धारणा राखेका हुन् । जनयुद्धकालमा भोग्नु परेको ययार्थ प्रस्तुत गर्दै उनले आवेश र उत्तेजनामा गए संक्रमणकालिन न्यायको विषयमा टुंगोमा पुग्न नसक्ने बताए ।
उनले भने ‘म १४ वर्षको थिएँ, कक्षाकोठाबाट तत्कालीन राज्यपक्षले मलाई थुतेर लगेर उधोमुन्टो लगाएर झुन्ड्याएर मरणासन्न हुनेगरी यातना दियो । म महिनौं अस्पतालमा भर्ना भएँ । दाहिने हातमा दाहिने खुट्टामा र देब्रे पातामा र अरु आधा दर्जन शरीरका अंगहरूमा गोली बोकेर यो रोष्ट्रममा उभिएको छु । मेरो आफ्नै परिवारका तीन दाइ र एक बहिनी, मेरो एउटा सानो गाउँबाट २२ जना काकाकाकीहरू र आफन्तहरूले ज्यान गुमाए । मेरो गाउँको एक जना जोगी काकालाई समेत बाँकी नराखेर यातना दिँदै दिँदै सदरमुकामको कस्टडीमा राखेर यातना दिइयो, उहाँ अहिले अपांग हुनुहुन्छ । यस्ता धेरै कुरा म ४ घण्टा यो रोष्ट्रमबाट बोल्न सक्छु’, उनले भने, ‘अहिले आवेश, उत्तेजना, भावनावेशमा आएर बहस गरेर हुँदैन । संक्रमणकालीन न्यायलाई निरुपण गर्ने भनेको युगान्तकारी आन्दोलनले बोकको नवीनतम र परिवर्तनकारी मुद्दाहरूलाई अलग्गै पारेर बहस गरियो भने पूर्ण हुँदैन ।’

प्रतिक्रिया