प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् विस्तार बिहीबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषद् विस्तार आज हुँदै छ ।

१६ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् विस्तार आज हुँदै छ । राष्ट्रपति, उपराष्ट्रपति निर्वाच, प्रधानमन्त्रीले विश्वासको मतलगायतका महत्वपूर्ण काम पछि नयाँ गठबन्धनले सरकार विस्तार गर्न लागेको हो ।
गत मंसिर ४ मा सम्पन्न निर्वाचन पछि नेकपा (एमाले) लगायतका दहरुकाले सहयोगमा प्रधानमन्त्री निर्वाचित पुष्प कमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको दलले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेपछि एमाले सरकारबाट बाहिरियो । लगत्तै संसदको ठूलो दल नेपाली कांग्रेसले सरकारलाई समर्थन गरेर नयाँ गठबन्धन बनेको हो । पहिलो पटक गत पुस २६ गते संसदबाट विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले कांग्रेसँगको सहकार्यपछि चैत ६ गते संसदबाट विश्वासको मत पाए । दोस्रो पटकको विश्वासको मत पछि बिहीबार मन्त्रिपरिषद विस्तार हुन लागेको हो ।

प्रतिक्रिया