नवनियुक्त मन्त्रिले लिए सपथ, खड्का रक्षा, श्रेष्ठ गृहमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषद् शुक्रबार सातौं पटक विस्तार भएको छ ।

चैत १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् शुक्रबार सातौं पटक विस्तार भएको छ । गत पुस १० गते गठन भएको मन्त्रिपरिषद्‍मा शुक्रबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को नियुक्ति, हेरफेर र कार्य विभाजन गरेका छन् । शुक्रबारै नवनियुक्त मन्त्रीले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । सपथसँगै प्रधानमन्त्रीसहित मन्त्रीहरुको सङ्ख्या १७ पुगेको छ, संविधान अनुसार मन्त्रिपरिषद्मा ८ सदस्य मन्त्री थप्न सकिने छ।

राष्ट्रपतिको उम्मेदवारका विषयमा कुरा नमिलेपछि एमाले र राप्रपा सरकारबाट अलग भएका थिए । त्यसपछि खाली भएका मन्त्रालयहरुमा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट उपप्रधानमन्त्रीसहित चार सदस्यले मन्त्री पदको शपथ लिएका छन् । कांग्रेसबाटै अरु चार जना मन्त्री बन्नेछन् भने साना दलले पनि मन्त्रालयको जिम्मेवारी पाउने छन् ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्रीसहित रक्षा मन्त्री बनेका छन् भने नेकपा (माओवादी केन्द्र)का बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री बनेका छन्। एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भूसालले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सम्हाल्दा जसपा नेता अशोककुमार राई शिक्षा मन्त्री बनेका छन्। लोसपा नेता शरदसिंह भण्डारी श्रममन्त्री, कांग्रेस नेता प्रकाशशरण महत अर्थमन्त्री, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव महिला बालबालिका मन्त्री, माओवादी नेता शक्तिबहादुर बस्नेत ऊर्जामन्त्री बनेका छन्।

यस्तै माओवादीबाट रेखा शर्मा सञ्चार मन्त्री,  सुदन किराती संस्कृति मन्त्री र अमनलाल मोदी संघीय मामिला मन्त्री छन् । एकीकृत समाजवादीका प्रकाश ज्वाला भौतिक योजना मन्त्री, नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ भूमि व्यवस्था मन्त्री, कांग्रेसका रमेश रिजाल उद्योग मन्त्री, कांग्रेसकी सीता गुरूङ सहरी विकास मन्त्री र माओवादीकी सुशीला सिर्पाली ठकुरी पर्यटन तथा संस्कृति राज्यमन्त्री बनेका छन् ।

माओवादीका मन्त्रीहरू भने गत पुस १० मै नियुक्त भएका थिए। तीमध्ये शक्ति बस्नेत आज मन्त्री थपिएका हुन्। भौतिक मन्त्री रहेका नारायणकाजी गृहमा सरेका छन्।

प्रतिक्रिया