चार बर्षिय बालकलाई टोकेर मारेपछि भारतमा छाडा कुकुर व्यवस्थापन बारे बहस

एउटा चार बर्षिय बालक एक्लै सडकमा देखिन्छन, भोका छाडा कुकुरहरुको झुण्डले उनलाई घेरा हाल्छन्, करिब १ मिनेटसम्म बालकले आफ्नो वरिपरि घुमिरहेका भोका छाडा कुकुरहरूसँग बहादुरीका साथ उम्कने प्रयास गर्छन्, भाग्न खोज्छन तर एउटा कुकुरले उनलाई भुईँमा लडाउँछ, नजिकै भएका थप दुईबटा कुकुरले उनलाई थप आक्रमण गर्छन ।
सन् २०२३ को फेब्रुअरीमा सार्वजनिक रूपमा पहिचान नखुलाईएका ति बालकको खुट्टामा टोकेर कुकुरले धेरैबेर तान्छन्, पीडाले रोइरहेका बालक कुकुरहरुसँग जुध्ने कोसिस गर्छन तर उनको सानो एवं कमजोर शरीरले आक्रमणकारी कुकुरहरुसँग प्रतिस्पर्धा गर्न सक्दैन । उसको तिखो चिच्याहटले नजिकै रहेका उनका बाबुलाई सचेत गराउँछ तर धेरै ढिला भइरहेको थियो । अस्पताल पुगेपछि बालकलाई मृत घोषणा गरियो ।
मध्य भारतीय राज्य तेलंगानाको फराकिलो सहर हैदराबादमा गत फेब्रुअरीमा एक सुरक्षा क्यामेराले कैद गरेको यो क्रूर आक्रमणले झण्डै एक अर्ब चालीस करोड भारतीयलाई त्रसित बनाएको छ । यसले छाडा कुकुरहरुलाई के गर्ने भनेर लामो समयदेखि विभाजित विचारलाई के गर्ने भन्ने मुद्दामा ध्यान केन्द्रित गरेको छ ।
भारत एक संवेदनशील देश हो जहाँ जनावरहरूको लागि सांस्कृतिक सम्मान छ र हत्या गर्न पाईंदैन । छाडा कुकुरहरू एउटा जटिल मुद्दा हो भन्ने कुरामा भारतीयहरु सहमत छन तर यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा तिब्र बहस छ ।
प्रेस ट्रस्ट अफ इण्डियाका अनुसार भारतमा करिब छ करोड २० लाख छाडा कुकुरहरु छन, यद्यपि विज्ञहरूले वास्तविक संख्या प्रमाणित गर्न लगभग असम्भव हुने बताएका छन् । धेरैजसो कुकुकरहरु मानिससँग मिलेर बस्छन् । कतिपय समुदायका मानिसहरु छाडा कुकुरलाई खाना खुवाउन आउँछन् । कति कुकुरहरुलाई घरपालुवाका रुपमा पनि पाल्ने गर्छन् । तर छाडा कुकुरहरूले टोकेको र बालक हत्याले भारतका धेरै सहरहरूलाई झस्काएको छ । राजनीतिज्ञहरू, मिडियाहरू र नागरिकहरूले विभिन्न समाधानहरू प्रस्तुत गर्न कोसिस गरिरहेका छन् ।
हैदरावादमा चार बर्षिय बालकको मृत्यु हुनुभन्दा धेरै अघि, स्थानीय मिडियाले भारतका हत्यारा कुकुरहरुको बारेमा लेखेका थिए । नरभक्षी कुकुर आतंकको यस्तै कथाहरु विहारमा पनि सुनिएको थियो । टेलिग्राफले यसबारे उल्लेख गरेको थियो ।
भारतमा छाडा कुकुर मार्नु गैरकानूनी छ । कानूनमा छाडा कुकुरहरुलाई खान दिनु पर्ने र रेबिज विरुद्ध खोप लगाउनु पर्ने उल्लेख छ । तर भयानक आक्रमण पछि जसमध्ये धेरै बालबालिकाहरूमाथि आक्रमण भएका छन्, यस्तो अवस्थामा केहीले कानूनलाई चुनौती दिने प्रयास गरेका छन् ।
२०१६ मा, दक्षिणी राज्य केरलामा छाडा कुकुरहरूलाई मार्ने अभियानले स्थानीय समाचारहरूमा आकर्षण प्राप्त गर्यो । तर पशु अधिकारकर्मीहरु क्रोधित भए, बरु अधिकारीहरूलाई क्षमा दिन र अन्य समाधानहरू खोज्न आग्रह गरे । तर बालकलाई टोकेर मारेको घटनापछि भने छाडा कुकुरबारे नयाँ बहस सुरु भएको छ ।
सि एन एन

प्रतिक्रिया