चन्द्र भण्डारीको स्वास्थ्य सुधारोन्मुख पाईयो : नेपाली संसदीय प्रतिनिधि मण्डल

भारतको संसदीय अभ्यासको अवलोकन भ्रमणमा रहेको नेपाली संसदीय प्रतिनिधि मण्डलले उपचारमा रहेका सांसद चन्द्र भण्डारीको स्वास्थ्य अबस्थाबारे जानकारी लिएको छ ।

२० चैत, काठमाडौं । भारतको संसदीय अभ्यासको अवलोकन भ्रमणमा रहेको नेपाली संसदीय प्रतिनिधि मण्डलले उपचारमा रहेका सांसद चन्द्र भण्डारीको स्वास्थ्य अबस्थाबारे जानकारी लिएको छ ।
आज उहाँको उपचार भइरहेको बुम्बईस्थित नेसनल बर्न सेन्टरमा पुगेर भण्डारीको स्वास्थ्य अबस्थाबारे जानकारी लिईएको भ्रमण दलका सदस्य सांसद माधव सापकोटा ‘सुबोध’ले जानकारी दिएका छन् । भण्डारीको स्वास्थ्यमा क्रमश सुधार भइरहेको पाएको उनले बताए । उनले अस्पतालमा पुगेर सांसद भण्डारीलाई भेटेपछि लेखेका छन् ‘उपचारत माननीय डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाको सम्बन्धमा भारतीय संसदिय अभ्यासको अवलोकन भ्रमणमा रहेको सांसदहरुको तर्फबाट मुम्बईस्थित नेसनल बर्न सेन्टरमै पुगेर जानकारी लिईयो। क्रमश सुधार हुदै गएको उहाँको पूर्ण एवं शीघ्र स्वास्थ्य लाभको कामना हामी सबैको तर्फबाट गर्दछौ।’

प्रतिक्रिया