‘बलेफी,जलविरे, तेम्बाथान’ सडक बर्षाकालमा पनि निर्बाध सञ्चालन गर्ने सहमति

'बलेफी, जलविरे, तेम्बाथान' सडक वर्षायाममा पनि निर्बाध रुपमा सञ्चालनमा ल्याउने सहमति भएको छ।

२६ चैत, सिन्धुपाल्चोक । ‘बलेफी, जलविरे, तेम्बाथान’ सडक वर्षायाममा पनि निर्बाध रुपमा सञ्चालनमा ल्याउने सहमति भएको छ।
स्तरोन्नति भइरहेको सडक खण्डको सडक डिभिजन कार्यालयका प्राविधिक र निर्माण पक्ष समेतको उपस्थितिमा सिन्धुपाल्चोक क्षेत्र नं १ का संघीय सांसद माधव सापकोटा ‘सुबोध’ले अनुगमन गरेपछिको छलफलमा यस्तो सहमति भएको हो ।

शनिबार सांसद सापकोटाले सडक निर्माणको अवस्था निरिक्षणका क्रममा बर्षाकालमा पनि सडकमार्ग निर्बाध सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएका थिए । छलफलमा निर्माण पक्ष र सडक डिभिजन कार्यालयका प्राविधिकले बर्षा अघि नै सडकको ग्रावेलको काम सक्ने र यातायात सूचारु गर्ने प्रतिवद्धता जनाएका थिए । विगत दुई वर्षदेखि स्तरोन्नति भैरहेको सडक खण्डमा बर्षाकालमा भने यातायात सञ्चालनमा कठिनाइ हुने गरेको छ ।
यसैविच निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाको पहलमा स्तोरोन्नतिको काम अघि बढेको यो सडक खण्डमा पर्ने बलेफी बजार क्षेत्रको मापदण्ड पनि टुंगो लागेको छ । बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङ ‘प्रवेश’, सडक डिभिजन कार्यालय दोलखाका प्रमुख अर्जुन सुवाल र निर्माणपक्षबीच बलेफीमा भएको छलफल पछि यस विषयमा टुंगो लागेको पालिका अध्यक्ष तामाङले जानकारी दिए । अब सडक मापदण्ड बाहिरका संरचना भत्काइने छन् ।

प्रतिक्रिया