मनसुनजन्य विपत्तिको तयारीमा लाग्न सांसद सापकोटाको ध्यानाकर्षण

सांसद माधव सापकोटा सुबोधले मनुसुनजन्य विपत्तिबाट हुने क्षति न्यूनिकरणका लागि पूर्वतयारीमा लाग्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

३ बैशाख,काठमाडौं । सांसद माधव सापकोटा सुबोधले मनुसुनजन्य विपत्तिबाट हुने क्षति न्यूनिकरणका लागि पूर्वतयारीमा लाग्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्ला जोखिमयुक्त रहेको चर्चा गर्दै यसबारे समयमै निर्णय लिन आग्रह गरेका हु्न ।

पूर्ण पाठ
सम्माननीय सभामुख महोदय, मनसुनजन्य विपदका सन्दर्भमा यो सदन मार्फत सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु।
गृह मन्त्रालयको तथ्यांक अनुसार गत साल मनसुनजन्य विपदका घट्नाहरुबाट ११९ जनाले ज्यान गुमाउनु पर्यो भने २३३० घरधुरी प्रत्यक्ष प्रभावित हुन पुगे। सामान्यतया नेपालमा मनसुन जेठको अन्तिम बाट सुरू भएर भदौको अन्तिममा सकिन्छ। चार महिनाको त्यस अवधीमा करिव ४० प्रतिशत विपदका घटनाहरु हुन्छन। विपद पश्चात उद्दार र राहतमा जानेको भिड हुन्छ तर पूर्व तयारीमा भने हाम्रो पर्याप्त ध्यान हुँदैन।
तसर्थ वर्षात अघिनै उच्च जोखिमयुक्त पालिकाहरुमा खाद्य तथा गैरखाद्य सामग्रीहरु खरिद गरि भन्डारणको व्यवस्था मिलाउनु पर्ने।
सिन्धुपाल्चोक,मनाङ, बागलुङ लगायतका जिल्लाहरु विपदको दृष्टिले उच्च जोखिमयुक्त जिल्लाहरु हुन। त्यसैले जोखिमयुक्त जिल्लाहरुमा विपद पूर्व तयारी, प्रतिकार्य र पुनर्निर्माण गर्न साधन स्रोत सहितको विपद यूनिटको वयवस्था गर्नुपर्ने।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण(NDRMA) लाई बस्ति स्थानान्तरण, निजी आवास पुनर्निर्माण लगायतका कार्यहरुमा प्रभावकारी ढंगले परिचालनको व्यवस्था मिलाउनुपर्ने।
धन्यवाद लालसलाम !

प्रतिक्रिया