सिन्धुका संजय सापकोटा जगदुल्लाको प्रमुख कार्यकारी अधिकृत

सिन्धुपाल्चोकका संजय सापकोटा जगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा छनौट भएका छन् ।

३ वैशाख, काठमाडौं । सिन्धुपाल्चोकका संजय सापकोटा जगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा छनौट भएका छन् ।
जगदुल्ला हाइड्रो पावर कम्पनीले आइतबार सूचना जारी गर्दैै प्रमुख कार्यकारी अधिकृत पदमा सापकोटा छनौट भएको जानकारी दिएको हो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिले आइतबार गरेको सिफारिस बमोजिम सञ्चालक समितिको १०२ औं बैठकले आइतबार नै उनलाई चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १० का सापकोटा लामो समयदेखि नेपालको हाइड्रो पावर क्षेत्रमा कार्यरत छन् ।

प्रतिक्रिया