जालबारी आधारभूत स्वास्थ्य केन्द्रमा प्रसुती सेवा सुरु

बलेफी गाउँपालिकाको वडा नं ६ जालबारीमा प्रसुती सेवा सुरु भएको छ ।

४ वैशाख, सिन्धुपाल्चोक । बलेफी गाउँपालिकाको वडा नं ६ जालबारीमा प्रसुती सेवा सुरु भएको छ ।
सेवाको सोमबार बागमती प्रदेश सभा सदस्य अमृता नेपाल प्रभा र बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङले संयुक्त उद्घाटन गरेका हुन् ।
प्रसुती सेवा उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य नेपालले स्थानीय गाउँघरमै सेवा उपलब्ध हुँदा सहज हुने विश्वास व्यक्त गरिन् । घरमै प्रसुती हुने दरलाई कम गराउने उदेश्य राखेर सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष तामाङ्ले बताए । आधारभूत स्वास्थ्य केन्द्रमा प्रसुती सेवा सुचारु भएपछि मांखा, ब्वासे, बदर्पा, जालबारी र आसपासका क्षेत्रका बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्ने छ । कार्यक्रममा बलेफी गाउँपालिकाका उपाध्यक्ष सरु तामाङ, बडा नं ६ का अध्यक्ष तेज बहादुर पराजुली लगायतको उपस्थिति रहेको थियो ।
गत चैत १४ गते बलेफी गाउँकार्यपालिका बैठकले गरेको निर्णय अनुसार आज प्रसुती केन्द्रको सेवा सुचारु गरिएको हो ।

प्रतिक्रिया