मलेसियामाथि नेपालको सहज जित

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा नेपालले मलेसियामाथि सहज जित निकालेको छ ।

५ वैशाख, काठमाडौ। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा नेपालले मलेसियामाथि सहज जित निकालेको छ ।
कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कुशल मल्ल र भीम सार्कीले सतकीय साझेदारी गरेपछि नेपाल ६ विकेटले विजयी भएको हो। मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा पूरै ५० ओभरमा २३५ रन बनाएको थियो। मलेसियाले दिएको लक्ष्य पछ्याएको नेपालले ३६‍‍ ओभर २ बल खेल्दा जम्मा ४ विकेट गुमाएर जित हात पारेको हो । भिम सार्कीले ले ७१ र कुशलले ७० रन बनाए ।

प्रतिक्रिया