सन्दीप लामिछानेको नाममा दुर्लभ विश्व कीर्तिमान

राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको नाममा दुर्लभ विश्व कीर्तिमान बनेको छ ।

८ बैशाख, काठमाडौ। राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको नाममा दुर्लभ विश्व कीर्तिमान बनेको छ ।
एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको शुक्रबारको खेलमा विकेट लिएसँगै उनले विश्व कीर्तिमान बनाएका हुन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सन्दीपले ओमानका आदिल साफिकको विकेट लिएसँगै विश्व कीर्तिमान आफ्नो नाममा दर्ता गराउन सफल भएएका हुन्।
योसँगै सन्दीपले ओडिआइ क्रिकेट इतिहासमा सबैभन्दा छिटो १ सय विकेट लिने विश्व कीर्तिमान आफ्नो नाममा गरेका छन् । सन्दीपले ४२ खेलमा एक सय विकेट लिँदै अफगानिस्तानका रसिद खानको कीर्तिमान तोडेका हुन्। 
यसअघि ओडीआईमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो। रसिदले ४४ खेलमा सय विकेट लिएका थिए। 

प्रतिक्रिया