बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन

बारा-२, चितवन-२ र तनहुँ-१ मा आज उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगले मतदानका लागी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ।

१० वैशाख, काठमाडौ। बारा-२, चितवन-२ र तनहुँ-१ मा आज उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगले मतदानका लागी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ। तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि तनहुँमा उपनिर्वाचन हुन लागेको हो। प्रतिस्पर्धामा काङ्ग्रेसका गोविन्द भट्टराई, रास्वपाका स्वर्णिम वाग्ले र एमालेबाट सर्बेन्द्र खनाल छन्।
चितवन-२ मा राष्ट्रिय स्वन्तन्त्र पार्टीका सभापति रवि लामिछानेको पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो। रास्वपाबाट लामिछाने, गठबन्धनको तर्फबाट काङ्ग्रेसका जितनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपानेको प्रतिस्पर्धा छ।
बारा -२ बाट पनि निर्वाचित रामसहायक प्रसाद यादव उपराष्ट्रपति भएपछि उपनिर्वाचन हुन लागेको हो। जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, एमालेबाट पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलको प्रतिस्पर्धा हुँदैछ। उपनिर्वाचन भैरहेका क्षेत्रमा आज पासबिना सवारीसाधनहरु चल्न दिइएको छैन।

प्रतिक्रिया