काठमाडौंको आकासमा ठूलो विमान दुर्घटना टर्यो

काठमाडौंको आकाशमा ठूलो विमान दुर्घटना टरेको छ ।

११ वैशाख, काठमाडौं । काठमाडौंको आकासमा ठूलो विमान दुर्घटना टरेको छ । राती ९ बजेर २१ मिनेटमा काठमाडौं एयरपोर्टबाट उडेलगत्तै ठूलो विष्फोटको आवाज सहित फ्लाई दुबाइको विमानमा आगलागी भएको थियो । लगत्तै काठमाडौंको वातावरण त्रसित बनेको थियो ।
छत छतबाट आकासमा हेरिरहेको ठूलो जमातले काठमाडौंमा ठूलो दुर्घटना भनेर समेत लेख्न भ्याएको थियो । केही बेर पछि पाइलटले काठमाडौं विमानस्थलमा फोर्स ल्याण्डका लागि गरेको आग्रहमा विमानस्थलमा तयारी समेत गरिएकोमा उक्त विमान यहाँ अवतरण नगरी बाहिरिएको छ ।
पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले लेखेका छन् ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ कोही चिन्ता नगर्नु होला सबैलाई शुभयात्रा’ ।

प्रतिक्रिया