बारा -२ मा जसपाका उपेन्द्र यादव विजयी

बारा २ बाट जनता समाजवादी पार्टीका उपेन्द्र यादव विजयी भएका छन्।

वैशाख १३, काठमाडौं। वैशाख १० गते भएको उपनिर्वाचनमा बारा २ बाट जनता समाजवादी पार्टीका उपेन्द्र यादव विजयी भएका छन्। कुल २८४१५ मत ल्याएर उनी विजयी भएका हुन्।
बारा-२ बाट निर्वाचित रामसहायक प्रसाद यादव उपराष्ट्रपति भएपछि बारामा उपनिर्वाचन भएको थियो। यहाँ जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, एमालेबाट पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलको प्रतिस्पर्धा भएको थियो। निर्वाचन आयोगका अनुसार शान्तिपुर्ण ढंगले मतदान सम्पन्न भएको थियो।
यादवका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहको भने २३३३४ मत प्राप्त भएको थियो ।

प्रतिक्रिया