एसिसि प्रिमियर कपको सेमिफाइनलमा शनिबार नेपालले कुबेतको सामाना गर्ने

एसिसि प्रिमियर कपको सेमिफाइनल संस्करणमा नेपालले शनिवार कुबेतको सामना गर्ने भएको छ ।

१४ वैशाख , काठमाडौं । एसिसि प्रिमियर कपको सेमिफाइनल संस्करणमा नेपालले शनिवार कुबेतको सामना गर्ने भएको छ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । सोहि दिन मुलपानीमा युएइले ओमनको सामना गर्ने छ ।
किर्तिपुरमा आज भएको खेलमा कतारलाई ६८ रनले हराएपछि नेपाल समूह ए को विजेताबन्दै सेमिफाइनलमा पुगेको हो।
आजै भएको समूह बी को खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गर्दै समूह उपविजेता बनेको हो।

प्रतिक्रिया