एसिसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईको सामना गर्ने

एसिसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईको सामना गर्ने भएको छ।

वैशाख १६, काठमाडौं। एसिसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईको सामना गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाका कारण खेल रोकिएपनि सेमिफाइनल खेलमा कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा पुगेको हो।

मुलपानी मैदानमा भएको ओमान र यूएईबीचको अर्को सेमिफाइनल खेल पनि वर्षाले रद्द भयो। जसका कारण यूएई डकवर्थ लुइस प्रणालीमा २ रनले विजयी हुँदै फाइनलमा पुग्यो।
डकवर्थ लुइस प्रणालीमा कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिइएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाई ३७ रन बनाएको अवस्थामा खेल पुनः वर्षाले बिथोलेको थियो ।६ विकेट गुमाई सकेको अवस्थामा कुवेतलाई १ सय ९४ रन चाहिने थियो।
थप खेल नभएपछि समुह ‘ए’ मा नेपाल समूह विजेताको आधारमा फाइलनमा पुगेको हो भने कुवेत उपविजेता बनेको छ। फाइनल खेल सोमबार हुने भएको छ। वर्षाका कारण सोमबार खेल हुन नसकेमा मंगलबार हुने भनिएको छ।

प्रतिक्रिया