तातोपानी नाकाबाट दुइतर्फि खुल्ला हुँदै

सिन्धुपाल्चोक र देशकै लागि महत्वपूर्ण व्यापारिक तातोपानी नाका पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप आजदेखि दुइतर्फि व्यापार सुरु हुँदै छ ।

१८ वैशाख । सिन्धुपाल्चोक । सिन्धुपाल्चोक र देशकै लागि महत्वपूर्ण व्यापारिक तातोपानी नाका पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप आजदेखि दुइतर्फि व्यापार सुरु हुँदै छ ।

गत महिना नेपाली र चिनियाँ अधिकारीहरुबीच ल्हासामा भएको बैठक पछि नाका भूकम्प अघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भए अनुसार आजदेखि नेपाल र चीन दुबैतर्फबाट आयात निर्यात खुल्ला हुन लागेको हो ।
हाल चीनबाट सामग्री ल्याउन एकतर्फि सञ्चालमा रहेको तातोपानी नाका पहिले जस्तै नेपालबाट पनि सामग्री लैजाने कार्य सुचारु हुने छ । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको पहिलो बैठकको सहमती अनुसार अनुसार तातोपानी नाकाबाट भूकम्प अघिकै अवस्थामा दुईतर्फि व्यापार र नागरिकको आवतजावत सूचारु हुने भनिएकोमा दुबैतर्फ अध्यागमन कार्यालय व्यवस्थित हुन समय लाग्ने भएको छ । तातोपानी नाका मजदुर दिवसमा चीनमा पाँच दिन विदा परेको र नेपालतर्फको अध्यागमन कार्यालयमा कर्मचारी व्यवस्थापनमा समय लागेकोले मानव आवतजावतका लागि अझ केही समय लाग्ने जनाइएको छ
सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधको राजनीतिक र कुटनीतिक पहलकदमीले दोहोरो नाका सुचारु भएपनि मानव आवतजावतका लागि भने थप कुटनीतिक पहल लिनु पर्ने भएको छ ।
नाका पूर्ववत् सूचारु गर्न वर्तमान सांसद माधव सापकोटा सुबोधले निर्वाचित भएलगत्तै पुस ५ गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर ज्ञापन पत्र बुझाउने कार्यको नेतृत्व गरेका थिए । उनले फागुन १२ गते संसदमा विशेष समय लिएर नाका खुलाउने विषयमा गम्भीरता देखाउन सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । वैशाख १३ गतेको संसद बैठकमा समेत उनले उपप्रधान तथा गृहमन्त्रीलाई तातोपानी नाका सञ्चालनका लागि नेपालबाट गरएको तयारी र अध्यागमन कार्यालय व्यवस्थापनबारे जिज्ञासा राख्दै तत्काल यसतर्फ पहल लिन ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया