तातोपानी नाका दुई तर्फी सुचारु (फोटो फिचर)

सिन्धुपाल्चोक र देशकै लागि महत्वपूर्ण व्यापारिक तातोपानी नाका आजदेखि दुई तर्फी रुपमा सञ्चालनमा आएको छ ।

१८ वैशाख तातोपानी । सिन्धुपाल्चोक र देशकै लागि महत्वपूर्ण व्यापारिक तातोपानी नाका आजदेखि दुई तर्फी रुपमा सञ्चालनमा आएको छ । पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप आजदेखि दुइतर्फि आयात निर्यात सुरु भएको हो ।
आज विहान नेपालबाट २९ लाख २९ हजार ८ सय ११ रुपैयाँ बराबरको तीन ट्रक मुडा र म्याट्रेस चीन तर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिए ।
गत महिना नेपाली र चिनियाँ अधिकारीहरुबीच ल्हासामा भएको बैठक पछि नाका भूकम्प अघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भए अनुसार आजदेखि नेपाल र चीन दुबैतर्फबाट आयात निर्यात खुल्ला भएको हो । यसअघि चीनबाट सामग्री ल्याउन एकतर्फि सञ्चालमा रहेको तातोपानी नाका पहिले जस्तै नेपालबाट पनि सामग्री लैजाने कार्य सुचारु भएको छ ।
नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको पहिलो बैठकको सहमती अनुसार अनुसार तातोपानी नाकाबाट भूकम्प अघिकै अवस्थामा दुईतर्फि व्यापार र नागरिकको आवतजावत सूचारु हुने भनिएकोमा दुबैतर्फ अध्यागमन कार्यालय व्यवस्थित हुन समय लाग्ने भएको छ । तातोपानी नाका मजदुर दिवसमा चीनमा पाँच दिन विदा परेको र नेपालतर्फको अध्यागमन कार्यालयमा कर्मचारी व्यवस्थापनमा समय लागेकोले मानव आवतजावतका लागि अझ केही समय लाग्ने जनाइएको छ ।
सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ले कुटनीतिक पहलकदमीले नाका दोहोरो सुचारु भएको र छिट्टै मानव आवतजावत पनि सुरु हुने जानकारी दिए । तातोपानी नाकाबाट आठबर्षपछि निर्यात सुरु भएपछि नेपालको व्यापारिहरुले क्षेत्रले खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया